Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डले भने- एक एक भोट खेर जान नपाओस् 


    शुक्रबार, कार्तिक १८ २०७९
    865
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  शुक्रवार गोरखा नगरपालिका–१२ रानीटारमा आयोजित गठबन्धन दलहरुको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको चुनाव जित्नु भन्दा पनि अत्यधिक बहुमतको जित्नु महत्वपूर्ण रहेको बताएका छन् ।

    उनले भने, ‘एक एक भोट खेर जान नपाओस् । आफूलाई अत्यधिक बहुमतले बिजयी गराएर नयाँ कीर्तिमान कायम गर्न गोरखाका मतदातलाई आग्रह गरे ।

    ‘गोरखामा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र माओवादी केन्द्र हो, दुवै मिलेपछि यसै जितिहालियो, अब के मेहनत गर्नुपर्‍यो भनेर धेरै ठाउँमा तर्क गरेको सुनेको छु,’ उनले भने, ‘यसरी सोच्नु सही हुँदैन, जित्ने कुराभन्दा पनि गोरखामा एउटा नयाँ रेकर्ड बनाउने कुरा महत्वपूर्ण छ, अत्यधिक बहुमतले जित्ने भन्ने कुरा महत्वपूर्ण छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार