Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ओलीले आजै बैतडी र महेन्द्रनगरको चुनावी सभालाई सम्बोधन गर्ने


    शुक्रबार, कार्तिक १८ २०७९
    845
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज महेन्द्रनगरस्थित खुलामञ्जमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्न साँझ ४ बजे महेन्द्रनगर पुग्ने भएका छन् ।

    हेलिकोप्टरमार्फत् ओली महेन्द्रनगर आउने भएपछि उक्त कार्यक्रमको तयारी तीव्र पारिएको छ ।

    आगामी  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अध्यक्ष ओलील चुनावी अभियान दार्चुलाबाट सुरु गर्दैछन् । चुनावी सभालाई सम्बोधन  गर्न ओली दार्चुला पुगिसकेका छन्।

    दार्चुलामा सम्बोधनपछि ओली बैतडीमा हुने चुनावीसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको  छन् । बैतडीको सभालाई सम्बोधन पछि ओली महेन्द्रनगर आउनेछन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार