Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिराले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध


    शनिबार, साउन २४ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • गोरखा ।

    गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा पर्ने बेनिघाट–आरुघाट सडकखण्ड पहिराले अवरुद्ध भएको छ । आज बिहान गएको पहिराले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।

    बेनिघाट बजारदेखि करीब एक किलोमिटर पूर्वतर्फ माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको वडाध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिनुभयो । “बेनिघाट हुँदै उक्त सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्”, उहाँले भन्नुभयो, “पहिरो हटाउनका लागि मेसिन खोज्ने काम भइरहेको छ ।”

    पहिरो ठूलो भएकाले तत्काल हटाउन सक्ने सम्भावना भने नरहेको वडाध्यक्ष लामिछानेको भनाइ छ । “दिनभरि मेसिन लगाउन सकियो भने हटाउन सकिन्छ भन्नेछ”, उहाँले भन्नुभयो, “केही दिनअघि मात्र सोही ठाउँमा गएको पहिरो हटाइएको थियो, फेरि आज पनि पहिरो खसेछ ।”

    झण्डै ७० मिटर माथिबाट खसेको ठूलो पहिराले सडक पुरेर बूढीगण्डकी नदीमा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ । “ठूलाठूला ढुङ्गाहरु पनि पहिरोसँगै खसेको छ, सानो मेसिनले ढुङ्गा पहिरो हटाउनेसक्ने सम्भावना छैन, प्रत्यक्षदर्शी, सुजन लामिछानेले भन्नुभयो, “पहिरो करीब बिहान साढे १० बजेतिर खसेको हो ।” पहिराले सडक अवरुद्ध भएपछि यात्रुहरु बाटोमा नै अलपत्र परेको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार