Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीरगञ्जमा थप एक मृतकमा कोरोना पुष्टि


    शनिबार, साउन २४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा, वीरगञ्जमा मृत्यु भएका छपकैयाका ६५ वर्षका वृद्धमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको छ।

    उपचारका लागि अस्पताल ल्याएका उनको मृत्युपछि गरिएको स्वाब परीक्षण गरिएको थियो । उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ ।

    यसअघि उनलाई करिब ४ दिन ज्वरो आएर निको भैसकेको थियो। गत बिहीबार राति अचानक श्वास लिन समस्या भएपछि उनलाई एडभान्स मेडिकयर होस्पिटल ल्याएको थियो । 

    उनको अवस्था बिग्रेको र आइसीयूमा राख्नु पर्ने भनिएपछि उनलाज्ञई नेशनल मेडिकल कलेज लगेपनि त्यहाँ उनलाई भर्ना लिइएन।

    त्यहाँबाट अस्थायी कोभिड अस्पताल गण्डकमा लगेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार