Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वतन्त्र पार्टीको घोषणा: सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागु गर्ने 


    बिहिबार, कार्तिक १७ २०७९
    960
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आगामी चुनाव लक्षित गर्दै वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। 

    स्वतन्त्र पार्टीको बाचापत्रमा चलन ‘सुशासन : जनताको लागि सरकार सञ्चालन’ भन्ने शीर्षकमा सरकारी कार्यालयको सेवाको विषयमा उल्लेख गर्दै सबै सरकारी सेवा तोकिएको समयमा गर्न ‘टाइम कार्ड’ लागु गर्ने उल्लेख गरिएको छ ।

    बाचा पत्रमा लेखिएको छ, ‘निर्धारित समय भित्र सेवा प्रदान नगर्ने कार्यालय तथा सरकारी कर्मचारीलाई दण्डित र लक्षित नतिजा हासिल गर्नेलाई पुरस्कृत गरिनेछ ।’ स्वतन्त्र पार्टीले निर्धारित समयमा सेवाग्राहीले सेवा नपाए क्षतिपुर्ति दिने समेत उल्लेख गरेको छ ।

    यस्तै उक्त पार्टीले वाचापत्र (घोषणापत्र) मा संवैधानिक परिषद् खारेज गर्ने वाचा समेत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार