Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुनावविरूद्ध विप्लवसहित तीन कम्युनिष्ट पार्टीले आन्दोलन गर्ने 


    बिहिबार, कार्तिक १७ २०७९
    910
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित तीन कम्युनिष्ट पार्टीले आगामी ४ मङ्सिरमा हुने चुनावविरूद्ध आन्दोलन गर्ने भएको छ । तीन कम्युनिष्ट पार्टीहरुको हिजो बुधबार बसेको बैठकले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो ।

    शनिबार पत्रकार सम्मेलन गरेर चुनाव खारेजीको आव्हानसहित संयुक्त संघर्षका कार्यक्रम घोषणा गरिने विप्लव नेकपाका प्रवक्ता प्रकाण्डले बताए ।

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव विलप्व, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका महासचिव आहुतिले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ,‘दलाल पूँजीवादी संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न मंसिर ४ गते गर्न लागेको संघ र प्रदेशको निर्वाचन बहिस्कार र खारेजी गर्ने निर्णय गयो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार