Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  प्रधानमन्त्री देउवालाई स्वागत गर्न माला लिएर लाइनमा बसे सागर 


    बिहिबार, कार्तिक १७ २०७९
    690
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको स्वागत गर्न डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल फुल मालासहित लाइनमा बसेका छन् । श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका देउवा आजदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने सभालाई सम्बोधन गर्न पुग्दैछन् ।

    आगामी निर्वाचन प्रचारप्रसारका क्रममा बिहीबार डडेल्धुरा पुगेका देउवालाई स्वागत गर्न उनकै प्रतिस्पर्धी ढकाल माला लिएर लाइनमा बसेका हुन् । ढकालले यसपटक देउवालाई स–सम्मान बिदा गर्न भन्दै आफूले उनीविरुद्ध उम्मेदवारी दिएको बताएका छन् । 

    पछिल्लो समय उनी डडेल्धुरामा घरघर पुगेर भोट मागिरहेका छन् । मतदाताले आफूलाई भव्य स्वागत गरेको र आफूले जित्ने बताउँदै आएका छन् । 

    देउवाकै प्रतिस्पर्धी ढकालले भने, विदेशमा पनि यस्तो संस्कार रहेको छ र सम्बोधन गर्ने कार्यक्रममा पनि आफूले बोल्न केहि समय माग्ने छु । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार