Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोट माग्न गाउँ छिरेका उम्मेदवारलाई ‘नो रोड नो भोट’ भन्दै बासिन्दाले गरे प्रदर्शन 


    बिहिबार, कार्तिक १७ २०७९
    690
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि दलहरुले प्रचार प्रसार गर्न थालेपछि सर्लाहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेना गाउँपालिका ३ का बासिन्दाले उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका छन् ।

    दलहरुले प्रचार प्रसार गरि गाउँ छिर्न थालेपछि युवाहरुले उम्मेदवारलाई गाउँ छिर्न नै बन्द गर्दै नारावाजी गरेका हुन ।

    गाउँका युवाले हुलाकी राजगार्कमा ढाट राखेर र टायर बालेर प्रदर्शन गरेका छन् । हुलाकी राजमार्ग र गाउँको सडक नबनेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले ‘नो रोड नो भोट’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन पनि गरेका छन् ।

    प्रदर्शनको नेतृत्व गरेका कौडेना गाउँपालिका ३ का वडाध्यक्ष पचु चौधरी कल्वारले नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले गाउँमा राम्रो सडक नबनेकाले विरोध गर्नु परेको बताए ।

    प्रदर्शनमा उत्रिएका युवाहरुले भने, ‘भोट माग्न आउने नेता चढेको चिल्लो गाडीले उडाएको धुलो हामीले खानु परेको छ ।’

    हुलाकी राजमार्ग पीच नगरेकै कारण धुलोले गाउँलेको स्वास्थ्य समेत विग्रिएको र ‘यो सडक नबनेका कारण यहाँका हजारौंको जनजीवनमा कठिनाइ भएको भन्दै आज चर्को विरोध गरिएको एक स्थानीयले बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार