रुपन्देही । रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
दुर्घटनामा परेर सिद्धार्थ नगरपालिका-४ का २७ वर्षीय देवेन्द्र चौधरी र कोटहिमाई गाउँपालिका-३ मर्यादपुरका २७ वर्षीय नौसाप दर्जी, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१२ पथगावाका १२ वर्षीय प्रदिप ठाकुरको मृत्यु भएको छ ।
तीनै जनाको भैरहवामा रहेको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते सिद्धार्थ नगरपालिका-४ का ३० वर्षीय अनिल यादवको भैरहवामा उपचार भैरहेको छ ।
नवलपरासीको परासीबाट भैरहवाका लागि छुटेको लु २ च ६७५६ नम्बरको कार रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढको हुलाकी सडकखण्डमा अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको प्रहरीले जनाएको छ ।