Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र(घोषणापत्र):  संवैधानिक परिषद् खारेज गर्ने


    बिहिबार, कार्तिक १७ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आगामी चुनाव लक्षित गर्दै वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। उक्त पार्टीले वाचापत्र (घोषणापत्र) मा संवैधानिक परिषद् खारेज गर्ने वाचा गरेको छ । 

    ४ मङ्सिरमा हुने निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा सो पार्टीले संवैधानिक परिषद् खारेज गर्ने बताएको हो ।

    काठमाडौंको राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रलाई वाचापत्र भनेको सो पार्टीले भनेको छ, ‘संवैधानिक परिषद् खारेज । राष्ट्रिय सभाको बहुमतले सिफारिस गरेको व्यक्तिहरुबाट प्रतिनिधिसभामा सुनुवाइ गरी संवैधानिक निकायमा नियुक्ति गर्ने ।’ 

    यस्तै, केही महिना अघि मात्र दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा उम्मेदवारी दिएको छ तर प्रदेश सभाको चुनावमा सहभागी नहुने भएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार