शनिबारदेखि देशैभर बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएकाे छ।।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै शनिबार राति देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
आइतबार दिउँसो देशभर सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
आइतबार राति देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावाना छ। प्रदेश २ र बागमती प्रदेशका एक-दुई स्थानान भारी वर्षाको सम्भावना छ।
सोमबार दिउँसो देशभर सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। सोमबार राति देशका अधिकांश भू-भागमा सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै बागमती प्रदेशका एक-दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना छ।