Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीको र्‍याप ‘भोट फर प्रचण्ड’ सार्वजनिक 


    बुधबार, कार्तिक १६ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी चुनाव र नयाँ युवापुस्तालाई लक्षित गर्दै सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले बुधबार ‘भोट फर प्रचण्ड’  र्‍याप गीत रिलिज गरेको छ । 

    हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरु प्रस्तुत गरिएको यस गीतलाई जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । 

    माओवादी केन्द्रको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको गीत रिलिजअघि माओवादी नेताहरुले यसबारे सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका थिए ।

    उक्त गीतमा भोट फर प्रचण्ड र भोट फर माओवादी भनेर चुनावी प्रचारप्रसार गरिएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार