Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  •  बागलुङ १ मा सूर्य र चित्रबहादुरबीच भिडन्त 


    बुधबार, कार्तिक १६ २०७९
    930
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाै‌। बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी  सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । सत्ता गठबन्धनभित्रै कतिपय विषयमा फरक मत राखेर अनौठो व्यवहार गर्ने उनलाई एमालेका डा. सूर्य पाठकले निर्वाचनमा कडा टक्कर दिइरहेका छन्  । सोही निर्वाचन क्षेत्रबाट अघिल्लो निर्वाचन जितेका पाठकको प्रतिद्वन्द्वीको रूपमा चित्रबहादुर आएपछि बागलुङ १ को चुनावी भिडन्त रोचक बनेको छ । 

    तर, एक बहस कार्यक्रममा चित्रबहादुर अनुपस्थित भएपछि उनको आलोचना भएको छ । उनी जनताको प्रश्न सामना गर्न नसकेर भागेको आरोप लागेको छ । 

    सोही बीचमा पाठकले भने, ‘मेरो केही कुरा छ, बागलुङमा चित्रबहादुरजी र मेरोबीचमा प्रतिस्पर्धा हुँदैछ । म उहाँसँग डिबेट गर्न मतदातालाई भेट्न छाडेर यहाँ  आएको छु । त्यसकारण उहाँको उपस्थिति अनिवार्य छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार