Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कात्तिक १८ मा दार्चुलाबाट ओलीले चुनावी सभा सुरु गर्ने


    बुधबार, कार्तिक १६ २०७९
    1.8K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका उम्मेदवारहरूलाई मत माग्न सातै प्रदेशमा हुने चुनावी सभामा उपस्थित हुने भएका छन् । 

    आगामी मङसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीले घोषणापत्र सार्वजनिक गरेलगत्तै अध्यक्ष ओली देशभरका चुनावी सभामा सम्बोधन गर्न पुग्ने भएका हुन् । अध्यक्ष ओलीले कात्तिक १८ गते सुदुरपश्चिमको दार्चुलामा हुने सभाबाट सम्बोधनको सुरुवात गर्ने र मङसिर १ मा प्रदेश १ पुगेर सक्ने तयारी गरेका छन्। 

    ‘अध्यक्षले कात्तिक १८ गते दार्चुलाको चुनावी सभालाई सम्बोधन गरेर चुनावी अभियानको शसक्त सुरुवात गर्नूहुनेछ’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘मङसिर १ गते प्रदेश १ को सम्भवत मोरङ पुगेर टुंग्याउने गरी कार्यक्रमको तयारी छ ।’

    अध्यक्ष ओली स्वयं झापा ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार