Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुर ३ की उम्मेदवार कार्कीको उम्मेदवारी खारेज तत्काल नगर्न सर्वोच्चको अन्तरिम आदेश


    मंगलबार, कार्तिक १५ २०७९
    3.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार रहेकी डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ ।
    न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
    डा.तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा हिजो सोमबार रिट दर्ता गराएकी हुन्। निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि हिजो सोमबार डा.कार्कीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।
    नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीलाई लाभको पदमा कायम रहेको भन्दै निर्वाचन आयोगले गत साता उम्मेदवारी खारेज गरिदिएको थियो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले विवरणसहित निर्णयका लागि पेस गरेकोमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो । 

    adesh.jpg

    adesh1.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार