Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाहीमा गठबन्धन उम्मेदवार यादवको गाडीकाे ठक्करबाट एक जनाको मृत्यु 


    मंगलबार, कार्तिक १५ २०७९
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सर्लाही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रचारमा हिँड्ने स्कार्पियो गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

    नम्बर खुल्न नसकेको सेतो रंगको गाडीले सखुवामा ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि सोनबरसाका २२ वर्षीय नेक महमद ‌र मलंगवा नगरपालिका- ९ का एकरामुल साफीका १० वर्षीय छोरा असलम साफी घाइते भएका थिए ।

    उक्त दुर्घटनाबाट घाइते दुबै जनालाई उपचारका लागि मलंगवा लगिएको थियो । घाइते नेक महमदको उपचारकै क्रममा मृत्यु भएको छ । साफीको उपचार भने जारी छ ।

    ठक्कर दिने गाडी उम्मेदवार यादवको रहेको भन्दै उनीविरुद्ध मलंगवाको सहिद चोकमा चर्को प्रदर्शन गरिएको छ । घाइतेका आफन्त र स्थानीयले उम्मेदवार यादव र माओवादीविरुद्ध नाराबाजी गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार