Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले डिजिटल रूपमा चुनावी घोषणापत्र सार्वजनिक गर्यो 


    मंगलबार, कार्तिक १५ २०७९
    675
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि तयार पारेको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज मंगलबार दिउँसो एमाले अध्यक्ष केपी ओलीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन् । उक्त घोषणापत्र पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाललगायतका उपस्थितमा सार्वजनिक गरिएको हो। 

    उक्त घोषणापत्रमा २० हजार शब्द रहेका छन् । जसमा अध्यक्ष ओलीले ६ वटा प्रश्न सर्वसाधारणलाई सोधेका छन् भने पार्टीको चुनाव चिन्हमा किन भोट हाल्ने, अरुलाई किन नहाल्ने भन्ने प्रस्ट्याउन खोजिएको छ ।

    घोषणापत्रमा सुशासन, विकास, समृद्धि र स्वाधीनता चार संकल्प व्यक्त गरिएको छ ।  ।

    एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । घोषणापत्र निर्माणअघि सामाजिक सञ्जाल, टेलिफोनलगायतका सञ्चारमाध्यमबाट विभिन्न विषयवस्तुमाथि सुझाव संकलन गरिएको थियो ।

    यस्तै, सत्तारुढ गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले भने यस अघि नै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार