Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेशनलले भर्ना नलिएपछि नारायणीमा लगिएका बृद्धको मृत्यु, परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि


    शुक्रबार, साउन २३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । बीरगंजमा मृत्यु भएका एक बृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा शुक्रबार मृत्यु भएका छपकैयाका ६५ बर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    ती वृद्धको मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । कोभिड अस्पतालको इमर्जेन्सी कक्षमा उपचारको क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको थियो । ४–५ दिनसम्म ज्वरो आएर ठीक भइसकेका उनलाई शुक्रबार राति अचानक स्वास लिन गाह्रो भएपछि एडभान्स अस्पताल लगिएको थियो ।

    एडभान्स अस्पतालमा अक्सिजन दिंदा पनि काम नगरेपछि उनलाई नेशनल मेडिकल कलेजमा लगिएको थियो । नेशनलले पनि भर्ना नलिएपछि नारायणी अस्पताल लगिएको थियो । नारायणी अस्पतालमा अक्सिजन दिएर उपचार गर्ने क्रममा ती बृद्धको मृत्यु भएको थियो । साउन महिनामा मात्रै पर्सामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार