Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माओवादीको घोषणापत्र सार्वजनिक: संविधान संशोधन गर्ने


    सोमबार, कार्तिक १४ २०७९
    725
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनकालागि सोमबार चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । उक्त घोषणापत्रमा शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधनलाई जोड दिएको छ।

    माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा धारणा राख्दै आएको छ । त्यस्तै राज्य पुनर्संरचना आयोग गठन गरी स्वायत्त, संरक्षित र विशेष क्षेत्र घोषणा गर्ने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ। प्रतिवद्धतापत्रमा प्रदेशमा पनि संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रीमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने उल्लेख छ। 

    यस्तै विसं २०७४ को निर्वाचनमा राजनीतिक स्थिरताका लागि भन्दै वाम गठबन्धन गरेर झण्डै दुई तिहाइ जनमत प्राप्त गरे पनि दुई दुई पटक प्रतिनिधिसभा विघटन भएकाले शासकीय प्रणालीमा सुधार जरुरी रहेको माओवादीले स्पष्ट पारेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार