Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमण बढेकोमा राष्ट्रपतिको चिन्ता


    शुक्रबार, साउन २३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमितको संंख्या दिनप्रतिदिन बढ्दै गएको र मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारदेखि अख्तियार दुरुपयोग अनुसन्धान याोग, प्रहरी प्रधान कार्यालयसम्म खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण फैलिसकेको छ । दिनप्र्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले चिन्ता प्रकट गर्नुभएको छ ।

    कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरुसँगको शुक्रबारको भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्नुपर्ने बताउनुभएको थियो । उपप्रधानमन्त्री पोखरेलसहित परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले अहिलेसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार