Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हात्तीको दाह्रासहित पक्राउ


    शुक्रबार, साउन २३ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हात्तीको दाह्रासहित प्रहरीले आज काठमाडौँको सुकेधाराबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर घर भई काठमाडाँै कपन बस्ने २८ वर्षीय रुद्र लिम्बु, सिन्धुपाल्चोक घर भई सोही ठाउँ बस्ने २५ वर्षीय हरि कार्की र गोरखा घर भई काठमाडाँै सामाखुसी बस्ने २२ वर्षीय सुबोध देवकोटा रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    आज अपराह्न १ः३० बजे काठमाडौँ महानगरपालिका–४ सुकेधारामा हात्तीको दाह्राको खरिद बिक्री हँुदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । उनीहरुको साथबाट १० इञ्च लामो हात्तीको दाह्रा बरामद गरिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार