Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगामी निर्वाचनमा मतपत्रको रंग कस्तो हुन्छ ? 


    सोमबार, कार्तिक १४ २०७९
    985
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। आगामी ४ मङ्सिरका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब २० दिन मात्र बाँकी छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दुईवटा मतपत्र प्रयोगमा आउने निर्वाचन आयोगले जानकारी दिएको छ । 

    आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाालीका लागि मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिह्न र अन्य विवरण छापिएको हुनेछ । 

    यसैगरी दुवै तहकाको समानुपातिक निर्वाचन प्रणालीको लागि मतपत्रमा सेता पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिह्न र अन्य विवरण छापिएको हुने आयोगले जनाएको छ । 

    यस्तै प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार