Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस बिपीबाट उम्मेदवारी दिएका टीकादत्तले १०० औं जन्मदिन मनाए 


    सोमबार, कार्तिक १४ २०७९
    910
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आसन्न चुनावको लागि गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेस बिपीबाट उम्मेदवारी दिएका टीकादत्त पोखरेल आज आफ्नो १०० वर्ष पुगेको जन्मदिन मनाएका छन् । टीकादत्त लामो समय कांग्रेसमा सक्रिय रहेका थिए। तर ३ वर्षअघि कांग्रेस छाडेर उनी नेपाली कांग्रेस बिपीमा सक्रिय छन्। 

    उनको घर गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ माझगाउँबेशीमा आज उनलाई १०० वर्ष पुगेको अवसरमा जन्मदिनको शुभकामना दिन गाउँलेहरू भेला भएका थिए।

    यस्तै जन्मदिनको अवसरमा उनले आफू जनताको हितका लागि उम्मेदवार भएको बताउँदै टीकादत्तले भने, ‘म उहाँ (प्रचण्ड) लाई सजिलै चुनाव जित्छु, जनताले उहाँ (प्रचण्ड) लाई पनि चिनेका छन्, बुझेका छन्।’ उनले २००७ सालदेखि आफूले जनताका लागि लड्दै आएको पनि बताएका थिए।

    । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार