Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीले निर्वाचन घोषणापत्र भोलि सार्वजनिक गर्दै 


    आइतबार, कार्तिक १३ २०७९
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रले निर्वाचन घोषणापत्र भोलि सार्वजनिक गर्ने भएको छ। माओवादीले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारेको घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको हो ।

    घोषणापत्र सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्ययले जानकारी दिए ।

    माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र निर्माण समिति बनाएको थियो ।

    माओवादीले घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने उल्लेख गरेको छ ।


    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार