Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनुपर्ने, ओलीसँग नैतिकता नै छैन : घनश्याम भूसाल


    आइतबार, कार्तिक १३ २०७९
    640
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भूसालले एमाले पार्टी अध्यक्ष केपी ओलीसँग नैतिकता नै नभएको र नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनर्स्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको टिप्पणी गरेका छन् । 

    आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भूसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको र  नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकीरसमेत गरे ।

    सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही-१ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरुले विरोध गर्नु परेको दाबी गरे। 

    भूसालले भने, ‘केपी ओलीजीलाई छोडेर उहाँको दम्भ, अहंकार त्यसलाई इन्कार गरेर, तिरस्कार गरेर, त्यसलाई खारेज गरेर हामी सडकमा निक्लनुपर्ने भो र हामीले आन्दोलन गर्‍यौं । अदालतमा मुद्दा चल्यो । अदालतले संसदलाई पुनर्स्थापित गरिदियो । संसदलाई पुनर्स्थापित गरिदिएपछि कोही पनि थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्यो भने आफैले विघटन गरेको संसदको त्यो संसद पुनस्र्थापित भएपछि त उहाँले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनु पर्दथ्यो । तर अह दिनु भएन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार