Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज उपत्यकामा थपिए १०२ संक्रमित


    शुक्रबार, साउन २३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार उपत्यकामा १ सय २ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा मात्रै १ सय २ जना कोरोना संक्रमित थपिएको हो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ९ सय ७८ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ८८ जना,  ललितपुरका १० जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण देखिएको हो। 

    यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ७ सय ६२ जना पुगेको छ। त्यस्तै ललितपुरमा १ सय ३४ जना र भक्तपुरमा ८२ जना पुगेको छ।

    भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, शुक्रराज ट्रपिकल हस्पिटल टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, शिक्षण अस्ताल महाराजगञ्ज, पाटन अस्पताल र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन्।

    पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

    नेपालमा पछिल्लाे २४ घण्टामा ४ सय २५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १५ हजार ८ सय १४ जना पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको छ । 

    यस्तै आजसम्म कुल १० हजार २ सय ७ जना क्‍वारेन्टिनमा रहेका छन् । नेपालमा अहिलेसम्म संक्रमणबाट ७१ जनाको मृत्यु भइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार