Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • छठ घाटमा आचारसंहिताविपरीत चुनावी ब्यानर


    आइतबार, कार्तिक १३ २०७९
    660
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बाराको कलैयास्थित छठ घाटमा निर्वाचन आचारसंहिताविपरीत उम्मेदवारले आफ्नो चुनावी ब्यानर लगाएका छन् । कलैया उपमहानगरपालिका- १ स्थित रामजानकी मन्दिर छठघाटमा उम्मेदवारले चुनावी ब्यानर लगाएका हुन् ।

    निर्वाचन आचारसंहिता उल्लंघन गर्दै उम्मेदवारले छठ घाटमा चुनावी ब्यानर लगाएपछि उक्त क्षेत्रमा विरोध हुन थालेको छ । मतदातालाई प्रभावित पार्ने गरी उम्मेदवार वा दलको कार्यालयबाहेक अन्य स्थानमा फ्लेक्स, डिजिटल बोर्ड लगाउन आचारसंहिताले बन्देज लगाएको छ ।

    तर, आचारसंहिताविपरीत बारा-३ प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु सिंह, प्रदेशसभा ३(१) का उम्मेदवार मुकेश साह, हाम्रो नेपाली पार्टीका प्रदेशसभा ३(१) का उम्मेदवार शिवनाथ पटेल, नेपाल लोकतान्त्रिक पार्टीबाट प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार बृजकिशोर साहले आफ्नो फोटो, नाम र चुनाव चिह्नसहित छठ घाटमा ब्यानर लगाएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार