Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सोलमा मृत्यु भएकाहरूप्रति प्रधानमन्त्री देउवाद्वारा शोक व्यक्त


    आइतबार, कार्तिक १३ २०७९
    830
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको अवसरमा जम्मा भएका मानिसहरूबीच भागदौड मच्चिँदा सयौंको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । आज आइतबार आफ्नो ट्विटरमार्फत प्रधानमन्त्री देउवाले हलोविनको अवसरमा सोलमा गरिएको एक कार्यक्रममा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार‚ त्यहाँको सरकार र कोरियाली नागरिकप्रति समवेदना प्रकट गरेका हुन् । 

    हलोविन मनाउनका लागि लाखौंको संख्यामा राजधानी सोलमा जम्मा भएकाहरूबीच भागदौड मच्चिँदा १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् । साथै पछिल्लो समय कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार