काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रका सम्पदामाथिको थिचोमिचो र अतिक्रमण कुनै पनि हालतमा सह्य नहुने बताउनु भएको छ । हिजोको जस्तो अस्थीर राजनीतिक अवस्था आहिले नभएको उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो–‘अहिले जनअनुमोदित र बलियो सरकार भएको नाताले राजनीतिक सौताबाजी गर्नुपर्ने आवश्यकता छैन । राजनीति उद्देश्य वा अरु कुनै पनि कारणले पशुपति क्षेत्रको सम्पदामाथिको थिचिमिचो र अतिक्रमण टुलुटुलु हेरर बस्न सकिदैन ।’ पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेको ‘सांस्कृतिक सम्पदा (मूर्त– अमूर्त) अनुसन्धान ग्रन्थ तथा कोषको आधिकारिक वेवसााइट, मोवाइल एप्स, युट्युव च्यानल , ट्वीटरलगायत सोसल मिडिया प्लेटफर्म’को लोकार्पण गर्दै मन्त्री भट्टराईले कुनै पनि राजनीतक उद्देश्य तथा गलत मनसायका साथ आर्थिक लेनदेनका कारण सांस्कृतिक सम्पदाहरुको ज्यादती गर्न नपाइने बताउनुभयो । उहाँले भन्नुभयो–‘हिजो कसको सरकार थियो, के भयो भन्नेतिर अव टाउको नदुखाऔं ।
अब सांस्कृतिक सम्पदामाथि हुने अनावश्यक अतिक्रमण हटाइन्छ ।’ उहाँले ०४३ सालमै सरकारले तोकेको पशुपतिको चारकिल्लाप्रति कसैको पनि विमति नरहेको भन्दै सो चारकिल्लाभित्र बन्ने नीजि संरचना पनि पशुपतिको मापदण्डभित्र रहनु पर्ने बताउनुभयो । पशुपति क्षेत्रको प्रस्तावित गुरुयोजना बाहिर आएपछि संर्घष समितिको नाममा भएको विरोधलाई सम्बोधन गर्न आफूले मन्त्रालयमै छलफल कार्यक्रम आयोजना गरेको र आवश्यक छलफल गरेर सो प्रस्तावलाई अन्तिम रुप दिने प्रयोजनका लागि मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल पनि गठन गरिसकेको प्रसंग उल्लेख गर्दै मन्त्री भट्टराईले लोकतान्त्रिक पार्टीको नेतृत्वको लोकतान्त्रिक सरकार भएको र आफू पनि व्यक्तिगतरुपमा लोकतन्त्रलाई विश्वास गर्ने भएकाले व्यक्तिका असन्तुष्टी वा फरक मतप्रति सम्मान रहेको बताउनुभयो । सरकारले कुनै पनि नागरिकलाई विना विकल्प आफ्नो निवासबाट नहाउने र त्यसो गर्न हाम्रो कानुनले पनि नदिने उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो–‘सरकारले कानुनी सर्वोच्चतालाई सम्मान गर्छ । तर, त्यसो भन्दैमा पशुपति क्षेत्रभित्र त्यहाँ मापदण्ड विपरित मनलाग्दी गर्न पाइदैन ।’
नेपाल भौगोलिक हिसावले सानो भएपनि सांस्कृतिक सम्पदाका दृष्टिले धनी रहेको तथा सबैभन्दा पुरानो पुर्वीय सभ्यता हाम्रै रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले पशुपति हाम्रो बोलीचालीमा भनिएजस्तो विश्वभरीका हिन्दूहरुको आस्थाको केन्द्र मात्र होइन, त्यससँगसँगै नेपालका सबै जाताजातीको सांस्कृतिक÷ऐतिहासिक पहिचान पनि यससँग जोडिएकाले यसको संरक्षण र प्रवद्र्धन गर्न सबै एक भएर लाग्नु पर्ने बताउनु भयो । पशुपति क्षेत्र पवित्रतामा रमाउने र धर्म कमाउने ठाऊ भएकाले आर्थिक लेनदेनबाट कुकर्म कमाउने बाटोमा नलाग्न पनि उहाँले कोषका पदाधिकारी तथा कर्मचारीलाई सचेत गराउनु भयो । यदि त्यस्तो कुनै खार्थिक लेनदेन र गलत मानिसलाई प्रश्रय दिने काममा लागेमा कार्वाही गर्ने मन्त्री भट्टराईले चेतावनी दिनुभयो ।
‘पशुपति क्षेत्रमा मानिसको चाप वढी हुने हुनाले जो कोहीलाई त्यहाँ व्यापार व्यवसाय गर्न मन लाग्ुन स्वभाविक हो’, मन्त्री भट्टराईले भन्नुभयो–‘तर त्यसका नाममा बाटोघाटो जताततै पसल राख्ने, तोकेको पैसा नदिर्ने, हामीलाई कसले हटाउँछ ? भनेर दम्भ देखाउने कुरा स्वीकार्य हुदैन ।’ सो कार्यक्रमलाई नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङ, कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषका कोषाध्यक्ष डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायतले पनि सम्बोधन गर्नुभएको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend