Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिरहामा नवजात शिशुको शव फेला


    शनिबार, कार्तिक १२ २०७९
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिराहा। सिरहामा खोलामा फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । सिराहाको गोलबजार नगरपालिका-८ स्थितको मैनावती खोलामा महिना पुगिसकेको जस्तो देखिने शिशु (छोरा) को शव शनिबार बिहान फेला परेको हो ।

    छठपर्वको लागि मैनाबती खोलामा घाट निर्माण गर्न पुगेका स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खवर गरेको थियो । खबर पाएपछि तत्काल पुगेको प्रहरीले आवशयक प्रकृया पुरा गरी पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल लहान पाठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानाएको छ ।

    अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशु फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले भने घटनाबारे अनुसनधान गरिरहेको जनाएको छ ।

    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार