Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतसँग मल खरिद गर्न जिटुजी प्रक्रिया अगाडि बढाइएको छ : गृहमन्त्री खाँण


    शनिबार, कार्तिक १२ २०७९
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भैरहवा।गृहमन्त्री बालकृष्ण खाणले मल अभाव हुन नदिन नेपाल सरकारले भारत सरकारसँग जिटुजी मार्फत रासायनिक मल खरीद प्रक्रिया अगाडि बढाएको बताएका छन । गठबन्धनले  भैरहवा र ओमसतीयमा गरेकाे कार्यक्रममा बोल्दै उनले मल अभाव हुन नदिनका लागि जिटुजीमार्फत प्रक्रिया अगाडि बढेको बताए ।

    दीर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापनागर्ने योजना समेत अगाडि बढाएको बताए । 

    सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नं ३ को काग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गृहमन्त्री खाणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यसँगै कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेकाले यहाँको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार