Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १७ जना संक्रमित भेटिएसँगै काठमाडौं वडा नं १० को सेवा बन्द


    शुक्रबार, साउन २३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १० ले आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। वडामा १७ जना कोरोना भाइरस संक्रमित रहेको र बढ्दो भीडभाडले जोखिम बढेको भन्दै वडा कार्यालयले सेवा बन्द गर्ने निर्णय गरेको हो।

    वडा कार्यालयले आइतबारदेखि लागू हुने गरी केही दिनका लागि सेवा बन्द गर्ने निर्णय गरेको सूचनामार्फत् जानकारी गराएको हाे।

    ‘हाल काठमाडौंमा कोरोना रोग महामारीको रूपमा फैलिरहेको र यस १० वडअन्तर्गत १७ जनामा कोरोना पोजेटिभ देखिएकाले सेवाग्राहीको भीड बढेसँगै जोखिम पनि बढेकाले अत्यावश्यक कामबाहेक अन्य कार्यहरू आइतबारदेखि केही दिनका लागि बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ वडा कार्यालयको सूचनामा भनिएको छ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार