Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोरखा–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन


    शुक्रबार, कार्तिक ११ २०७९
    920
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको एक्कासी लडेर निधन भएको छ । हिजो बिहीबार साँझ भाइटीकापछि उनी एक्कासी लडेर मृत्यु भएको हो । राना एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
     

    नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनु अघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 

    वडाध्यक्ष रानाको आज अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिए । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट वडाध्यक्षमा विजयी भएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार