Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो


    बिहिबार, कार्तिक १० २०७९
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

    बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना तेस्रो स्थानमा रहदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । यस सङै बार्सिलोनाले युरोपा लिग खेल्नेछ । 

    बायर्नको जितमा साडियो माने, मोटिङ र बेन्जामिन पाभार्डले एक-एक गोल गरे । 

    जितसँगै बायर्न ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रह्यो । समूह ‘सी’ को बाट इन्टर मिलान अन्तिम १६ मा प्रवेश गर्‍यो ।बार्सिलोना ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार