Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भाइटीकासँगै खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर


    बिहिबार, कार्तिक १० २०७९
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानै खुलेको छ ।

    काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार बिहान ५ बजेबाट मन्दिर खुलेको छ । उनका अनुसार मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने गर्छ ।

    भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने छन् ।

    दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई बालगोपालेश्वर मन्दिरमा गएर पूजा आराधना गरेर टीका लगाउने गर्छन् । 

    २०७२ वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर पुनर्निर्माण गरिएको हो  ।

    प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार