काठमाडौं । राष्ट्रिय सभाको चारवटै विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् ।
बिहीबार भएको उम्मेदवारी मनोनयनमा चारै समितिमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको शुक्रबार घोषणा गरिएको हो ।
निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिमा रामनारायण बिडारी, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा ‘पार्वती’, विधायन व्यवस्थापन समिति सभापतिमा परशुराम मेघी गुरुङ र दिगो विकास तथा सुशासन समिति सभापतिमा तारादेवी भट्ट निर्वाचित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
चारै सभापति यसअघिकै दोहोरिएका हुन् । बिडारी, रावल र गुरुङ नेकपा तथा भट्ट कांग्रेसबाट सांसद छन् ।