Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा थपिए १६ जना कोरोना संक्रमित


    मंगलबार, कार्तिक ८ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८८ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको खबर छैन । 

    हालसम्म नेपालमा कोरोनाबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । यसका साथै नेपालमा पीसीआर परीक्षण गर्दा १० लाख ५०९ जना र एन्टिजेन परीक्षण गर्दा एक लाख ५२ हजार १३९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये नौ लाख ८७ हजार ८२८ जना निको भइसकेका छन् ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६६२ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार