Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्युरोडका व्यापारीमा देखियो कोरोना, पसल बन्द गर्न वडाको निर्देशन


    शुक्रबार, साउन २३ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । न्युरोडका दुई जना व्यापारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै त्यो क्षेत्रका पसल तथा कार्यालहरु बन्द हुने भएका छन् ।

    काठमाडौं महानगरपालिका वडा २२ वडाअध्यक्ष चीनीकाजी महर्जनले सूचना जारी गर्दै कोरोना देखिएको क्षेत्रका पसलहरु बन्द गर्न निर्देशन दिएका हुन्। न्युरोडको उत्तरी क्षेत्रमा रहेका पसलहरु तथा कार्यलहरु बन्द गर्ने विषयमा वडा समिति सदस्य, व्यापारी, स्थानीय संघसस्थाका प्रनिनिधिहरुबीच भएको सहमतिअनुसार पसल तथा कार्यालय बन्द गर्ने निर्णय भएको वडाअध्यक्ष महर्जनले बताए।

    काठमाडौं महानगरपालिका वडा नम्बर २२ अन्तर्गत व्यापार गर्ने केही व्यापारीमा कोरोना संक्रमण देखिएकाले अन्य व्यपारीको पीसीआर रिपोर्ट नआएसम्म बन्द गर्ने निर्णय भएको काठमाडौं महानगपालिका वडा नम्बर २२ का वडाध्यक्ष चीनीकाजी महर्जनले बताए।

    कपडाको व्यापार गर्दै आएका दुई जना व्यापारीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार