Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल समाजवादीको घोषणापत्र सार्वजनिक 


    आइतबार, कार्तिक ६ २०७९
    910
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । नेपाल समाजवादीले प्रतिबद्धतापत्र नाम दिइएको घोषणापत्रमा ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’लाई मूल नाराको रुपमा उल्लेख अर्थात् अघि सारेको छ । 

    आइतबार कार्तिक ६ गते सावैजनिक गरेको चुनावी घोषणापत्रमा १२ वटा प्रतिबद्धता जनाइएको छ । 

    जसमा लगानीमैत्री वातावरणमा देशभित्रै नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न पूर्ण समानुपातिक निर्वाचन, हरियो, सफा र खुल्ला शहर बनाउने नेसपाका अन्य वाचा रहेका छन् ।

    उक्त घोषणापत्रमा सस्तो र भरपर्दोे स्वास्थ्य सेवा, सरकारी विद्यालयबाटै प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा उपलब्ध गराउने उल्लेखख गरिएको र हरियो, सफा र खुल्ला सहर बनाउने एजेण्डा सो पार्टीले समेटेको छ । 

    यस्तै,देशैभरिका सबैको राम्रो स्वास्थ्य, जनता केन्द्रित आर्थिक विकास, सबैलाई विश्वस्तरीय शिक्षा, व्यक्तिगत स्वतन्त्रता, भ्रष्टाचाररहित सरकार, चुस्त सेवा दिने सरकार, सामाजिक न्याय/समानता र वातावरणमैत्री जीवनशैलीलाई मुख्य बुँदा समेटेर घोषणापत्र सार्वजनिक गरिएको छ ।

    samajbadi_baburam.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार