काठमाडौँ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले अब ‘एमाले’ नभएको जिकिर गरेका छन्।
आइतबार सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजना गरिएको सत्ता गठबन्धनको प्रशिक्षण कार्यक्रममा प्रचण्डले संविधान जोगाउन र प्रतिगमन सच्याउन गठबन्धनलाई विजयी बनाउन र भोट हाल्न आग्रह गरेका हुन्।
प्रचण्डले भने, ‘बामपन्थी र कांग्रेसको गठबन्धनले इतिहासमा ठूला ठूला परिवर्तन भएका छन, त्यसैले यो देश जोगाउन, संविधान जोगाउन र प्रतिगमन सच्याउने चुनाव हो, गठबन्धनमा निर्धक्क भोट हाल्नुहोला।’
‘जतीबेला शान्ति सम्झौतामा गिरिजा प्रसाद कोइराला र मैले हस्ताक्षर गर्यौं, त्यतीबेला मैले रुखमा भोट हाली सकेँ। अनी गरिजाबाबुले पनि हँसिया हतौडामा भोट हालिसके,’ प्रचण्डले भने। उनले चुनाव चिह्न देख्दा भोट हालौं की नहालौं भन्ने कुरा त्यागिदिन आग्रह गरे।
‘अहिलेको एमाले एमाले होइन, माधवकुमार नेतृत्वमा रहेको बेलाको पो एमाले हो। विस्तृत शान्ति सम्झौताका बेला ओली नेतृत्वमा हुन्थे भने अहिले यो व्यवस्था आउने थिएन’ दाहालले भने।
उनले, ओली नेतृत्वको गठबन्धनलाई अपवित्र, अप्राकृतिक र प्रतिगमनको संज्ञा दिए।
दाहालले गठबन्धनको दाँयाबाँया जाने कार्यकर्तालाई चेतावनी दिँदै भने, ‘गठबन्धनमा सहभागी नहुने कार्यकर्ता त्यो पार्टीमा बस्ने हक राख्दैन, हामीले तुरुन्त कारवाही गर्ने भनेका छौं, गरिपनि रहेका छौं।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend