Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ललितपुर महानगरपालिकाले तिहारभर फुटपाथमा व्यापार गर्न दिने 


    आइतबार, कार्तिक ६ २०७९
    795
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । तिहार नजिकिएसँगै ललितपुर महानगरपालिकाले आज आइतबारदेखि तिहारभर फुटपाथ क्षेत्रमा व्यापार गर्न दिने भएको छ । महानगरले तिहारको भाइटिकाको दिन बिहान १० बजेसम्मका लागि फुटपाथ खुल्ला गरेको हो। 

    सडकपेटी र सडक बाहेकका महानगरका खाली स्थानमा आइतबारदेखि फुटपाथ व्यवसाय खोलेको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए। ‘ललितपुरको लगनखेल, बसपार्क क्षेत्र, सातदोबाटोमा रहेको खाली क्षेत्र, भनिमण्डल, बखुण्डोल, मंगलबजार सहित विभिन्न क्षेत्रमा फुटपाथ व्यवसायीलाई महानगरले निर्वाध काम गर्न दिनेछ । तिहारको अवसरमा गोदावरी सहित विभिन्न क्षेत्रका स्थानीय साना व्यापारीलाई लक्षित गरेर फुटपाथ खुल्ला गर्न दिएको हो’ हाछेथु भन्छन् ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार