काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी ४ मङ्सिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ३० लाख भोट ल्याउने जिकिर गरेका छन् । आइतबार काठमाडौंमा आयोजित काठमाडौं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अघिल्लो निर्वाचनका बेलाभन्दा राप्रपाले यसपटक राम्रो प्रगति गर्ने बताएका हुन् ।
उनले यो पटकको चुनावमा राप्रपा उच्च मनोबलका साथ अघि बढेको उल्लेख गर्दै राष्ट्रप्रेमी जनताले साथ दिने उल्लेख गरे । लिङ्देनले भने–‘आगामी मंसिर ४ गते देशमा सबैभन्दा ठूला महायज्ञ हुँदैछ । त्यो महायज्ञमा हामीले सही पार्टी, सही र सही सिद्धान्त बोकेका सही नेतृत्व छान्न आवश्यक छ । त्यो मौका गुमाइयो भने यो महायज्ञ असफल हुनेछ ।’
उनले राप्रपा नेपाली संस्कार, संस्कृति, हिन्दू धर्म र परम्परालाई जोगाउन २०६२/६३ को आन्दोलनदेखि लगेको बताए । मुलुकमा राजासहितको प्रजातन्त्रलाई स्थापित गर्दै संघीयता खारेजीको लागि लडिरहेको बताए । राप्रपाले प्रदेशको विरोध गरिरहँदा कतिपयले प्रदेशको विरोध गर्ने अनि त्यसैमा उम्मेदवारी दिने भन्दै प्रश्न उठाएकोप्रति लिङ्देनले भने–‘हामीले प्रदेशमा उम्मेदवारी दिएनौँ भने जसले प्रदेश चाहिन्छ भनेर भागबण्डा गरी खाइरहेका छन् तिनीहरु फेरि त्यहाँ प्रतिनिधित्व गरेर आउँछन्, हामीलाई छिर्न दिँदैनन् । त्यसैले हामीले पनि त्यसमा भाग लिएर विजयी भइ संसदमा पुगेर प्रदेशको खारेजीको पहल गर्नुपर्छ भन्ने लागेर प्रदेशमा उम्मेदवारी दिएका हौं ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend