Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने


    आइतबार, कार्तिक ६ २०७९
    4.1K
    Shares
  • २ मिनेट पाठ
  • एजेन्सी। एक दशकदेखि सत्तामा रहेका सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । बेइजिङमा सम्पन्न २०औँ कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि तेस्रो पटक पार्टीको महासचिवमा निर्वाचित भएका हुन्। उनी अब आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् ।

    एक दशकदेखि सत्तामा रहेका सी लगातार तेस्रो पटक सत्तामा आएर इतिहास रचेका छन्।  चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि चीनमा तेस्रो पटक कुनै पनि नेता सत्तामा आउन भने सकेका थिएनन्।

    सी चिनफिङले पार्टीको अध्यक्षमा तेस्रो पटक निर्वाचित भएपछि आफ्नो नयाँ स्थायी समिति समेत घोषणा गरेका छन्। उनको टोलीमा ली छ्याङ, शाओ लेजी, वाङ हुनिङ, काई के, डिङ्ग सेसियाङ्ग र ली सी सामेल छन्। जसमध्ये ली छ्याङलाई नयाँ प्रधानमन्त्री बनाइएको छ। उनले पूर्व प्रम ली खछ्याङलाई प्रतिस्थापन गरेका छन्।

    पार्टीको नेतामा निर्वाचित भएपछि सी जिनपिङले आफ्नो सम्बोधनमा भनेका छन्, ‘ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार