Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमितसँग कन्ट्याक्टमा आएका प्रदेश ५ का मन्त्री पनि आइसोलेसनमा


    शुक्रबार, साउन २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । कोरोना संक्रमितसँग सम्पर्कमा रहेका प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी आइसोलेसनमा बसेका छन् ।

    प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संंक्रमण पुष्टि भइसकेको छ । मन्त्री केसी मन्त्री यादवसँगै कार्यक्रममा सहभागी भएका थिए । सोहीकारण मन्त्री केसी होम आइसोलेसनमा बसेका हुन् ।

    मन्त्री केसी केही दिन पहिले संघीय राजधानी काठमाडौँमा आयोजित प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी कार्यक्रममा उपस्थित थिए । 

    मन्त्री केसीको पनि कोरोना परीक्षण गर्ने तयारी छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार