Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वमा आजः चेचेन बिद्रोहीद्वारा १७० बिद्रोही बन्धकदेखि जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्विकार


    आइतबार, कार्तिक ६ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • आज २३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाः
     

    चेचेन बिद्रोहीद्वारा १७० बिद्रोही बन्धक
    मोभासर बारेभले नेतृत्व गरेको करिब ५० चेचेन बिद्रोहीको समूहले सन् २००२ का मस्कोस्थित एक नाट्यशाला कब्जा गरी ८५० जनालाई बन्धक बनाएका थिए । विद्रोहीले सर्वसाधरणलाई तीन दिनसम्म बन्धक बनाएका थिए । बन्धक बनाइएका व्यक्तिलाई रिहा गर्ने क्रममा प्रहरी र विद्रोहीबीच गोली हानाहान हुाँदा १७० जनाको मृत्यु भएको थियो ।

    बेरुत बम हमला
    सन् १९८३ मा लेबनानको गृहयुद्धमा अमेरिका र फ्रान्सको ब्यारेकअगडि भएका दुई ओटा बम बिस्फोटमा ३०० फ्रान्सेली र अमेरिकी सेनाको मृत्यु भएको थियो । जिहादी समूहले सो बिस्फोटको जिम्मा लिएको थियो ।
     
    जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्विकार
    सन् १९६४ मा फ्रान्सका प्रसिद्ध दार्शनिक तथा साहित्यकार जाँ पाल सात्रले आफूलाई प्रदान गरेको साहित्यतर्फको नोबेल पुरस्कार अस्वीकार गरेका थिए ।
     
    फुटबल बादशाह पेलेको जन्म
    आजकै दिन अर्थात २३ अक्टोबर १९४० मा ब्राजिलका फुटबल बादशाह पेलेको जन्म भएको थियो । ८० वर्षीय पेलेको वास्तविक नाम इडसन आरेन्टेस डो नासिमेन्टो हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार