काठमाडौं। नेपाली सेनाले संयुक्त राष्ट्रसंघको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
सेनाले ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि ऐक्यबद्धता’ विषयवस्तुमा आधारित आज विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।
सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा रहेको खेल मैदानमा अन्य सुरक्षा फौजको समेत सहभागितामा मार्च–पास्ट, झाँकी, जुम्बा र व्याण्ड प्रदर्शन गर्यो ।
त्यस अवसरमा काठमाण्डौ उपत्यकाभित्रका सैनिक आवासीय महाविद्यालय/विद्यालय र राष्ट्रिय सेवा दलका शिक्षार्थीद्वारा नृत्यसमेत प्रस्तुत गरियो ।
प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
पाँच किलोमिटर वाकाथन र तीन हजार दुई सय मिटर साइकल दौड प्रतियोगितासमेत सञ्चालन गरिएको थियो ।
‘यूएन डे’ का अवसरमा सेनाले भोलि सैनिक मुख्यालयमा ‘संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्य तथा भावी सवल जिम्मेवारी’ विषयमा अन्तर्राष्ट्रिय कार्यशाला गर्दैछ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend