Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रतिनिधिसभा निर्वाचन : राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज


    शुक्रबार, कार्तिक ४ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडाैं ।  सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णयविरुद्ध अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।

    गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै सर्बोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेश पनि खारेज गरिदिएको हो ।

    वैंकिङ कसूरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो ।

    त्यसविरुद्ध गुरुङले दायर गरेको रिटको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले सो निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

    शुक्रवार दुवै पक्षको वहसपछि न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी कानूनविपरित देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश निरन्तर जान नसक्ने भनेको छ । सर्बोच्चको यो आदेशसँगै गुरुङ अब उम्मेदवार रहेनन् ।

    Avatar

     
     
    Avatar

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार