Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपालले पोखरामा प्रचण्डको पार्टीको नाम बिर्सिए


    शुक्रबार, कार्तिक ४ २०७९
    620
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरामा जारी सत्तारुढ गठबन्धनको प्रादेशिक भेलामा सम्बोधनको सुरूमा माओवादी केन्द्रको नाम भन्दा गलत उच्चारण गर्दै ‘एकीकृत माओवादीका अध्यक्ष’ भन्दै प्रचण्डलाई सम्बोधन गरेका थिए। नेपालले पछि आफूलाई सच्याउने क्रममा उनले गठबन्धनमा धेरै पार्टी भएकाले पार्टीहरूको नाम नै बिर्सने गरेको प्रष्टीकरण दिए ।

    ‘नाम नै बिर्सने रहेछ, यति धेरै पार्टी छौं । कुन एकीकृत, कुन केन्द्रीय नै बिर्सिने,’ नेपालले भने ।

    गठबन्धनको ध्यान सत्तामा पुग्ने मात्र नभई जनतालाई न्याय दिने, सुखी जीवनको प्रत्याभूति, रोजगारी, उत्पादकत्व बढाउन लाग्ने उनले बताए ।

    रोजगारी दिन नसके लुटेर विदेश पठाउने नेताहरू भएको भन्दै उनीहरूलाई कारबाही गर्नुपर्ने नेपालको भनाइ छ ।

    ‘देशभित्र रोजगारी दिँदा पनि घुस खाने, बाहिर पठाउन पनि घुस खाने प्रवृत्ति छ,’ नेपालले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार