Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज नागरिकसँग टेलिफोन संवाद गर्दै ओली, १ लाख ७१ हजार ७८३ टिपाए नाम र नम्बर


    शुक्रबार, कार्तिक ४ २०७९
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ।

    पूर्वनिर्धारित कार्यक्रम अनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने भएका हुन् । ओलीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको उनको सचिवालयले जनाएको छ । ‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,’ ओलीले भनेका छन् । धेरै सहभागिता भएको भन्दै बिहीबार दिउँसो१ २ बजेपछि नाम टिप्न बन्द गरिएको थियो ।

    नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न ओलीले गत मंगलबार अनुरोध गरेका थिए ।

    संसदीय चुनाव नजिकिँदै जाँदा ओलीले चुनावी अभियान तीव्र पारेका छन् । केही दिन अघि मात्र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई खुला डिभेटका लागि आह्वान गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार