काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रु ग्याँससहित गोली चलाएको छ । उक्त झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ ।
दशैं तिहारको बोनस नदिएको विषयलाई लिएर बिहीबार उद्योगमा कामदार कर्मचारी र व्यवस्थापन पक्षबीच छलफलको क्रममा दिउँसो साढे ३ बजे वार्तामा कुरा नमिलेपछि स्थिति तनावपूर्ण बनेको हो । प्रहरीले झडपमा संलग्न रहेको अरोपमा ७ जना मजदुरलाई नियन्त्रणमा लिएको छ ।
झडपमा परी १० जना प्रहरी कर्मचारी घाइते भएका छन् ।
उनीहरुको सिमरास्थित अल्पाइन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जको गण्डक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
उक्त झडपमा प्रहरीको कारबाहीमा र कति मजदुर घाइते भए भन्ने प्रहरीले खुलाएको छैन ।